Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंका दुई मेडिकलमा लागूऔषध ब्यूरोको छापा, संचालकसहित तीन जना पक्राउ

    काठमाडौंका दुई मेडिकलमा लागूऔषध ब्यूरोको छापा, संचालकसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 309
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका दुई वटा मेडिकल पसलमा छापा मारेको छ ।

    कागेश्वरी–८ स्थित गोगो फार्मेसी र भक्तपुरको मध्यपुर ठिमी–९ स्थित वोडेमा रहेको टिसा फार्मेसीमा ब्यूरोले औषधी व्यवस्था विभागसँग मिलेर छापा मारेको हो।



    ब्यूरोले फार्मेसीका संचालक निरस कुमार महत्तो र राजु सिपाईसहित उक्त फार्मेसीमा कार्यरत सतेन्द्र यादवलाई पक्राउ गरेको छ ।



    ती दुई औषधी पसलले लागूऔषध दुर्व्यसनी र कारोबारीलाई नियन्त्रित लागूऔषध बिक्री वितरण गरेको आरोप छ ।

    मेडिकलका सञ्चालक र औषधिसहित कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाइएको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार