Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडौंमा खैरो हेरोइन सप्लाई गर्ने ७२ वर्षीय मेहतासहित १० जना पक्राउ

    काठमाडौंमा खैरो हेरोइन सप्लाई गर्ने ७२ वर्षीय मेहतासहित १० जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 528
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषधसहित विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको छ ।

    विभिन्न ठाउँबाट पक्राउ परेकाहरुलाई ब्यूरोको टोलीले बुधबार सार्वजनिक गरेको हो । जसमा ७२ वर्षीय वृद्ध समेत रहेका छन् ।



    सप्तरीको राजविराज नगरपालिका–९ का ७२ वर्षीय प्रमानन्द मेहतालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ बाट २० चैतमा पक्राउ गरेको हो।



    ७२ वर्षीय मेहता काठमाडौंलाई केन्द्रमा बनाएर लागूऔषध खैरो हेरोइन कारोबार गर्ने मुख्य व्यक्ति रहेको ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले बताए। उनीसँग लागु औषध किन्दै गरेको अवस्थमा बुढानिलकण्ठका ३६ वर्षीय विकास कार्की समेत पक्राउ परेका थिए ।

    उनीहरुबाट ७२ ग्राम खैरो हेराइन बरामद भएको थियो । ब्यूरोको टोलीले १९ चैतमा काठमाडौं महानगरपालिका–१६ बाट मोरङको उर्लाबारी नगरपालिका–३ का ३४ वर्षीय नवीन धिताललाई १४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

    २१ चैतमा भारतीय नागरिक विकास कुमारलाई १५ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनसहित ब्यूरोले पक्राउ गरेको थियो । त्यसैगरी चाबहिलबाट धरानका २६ वर्षीय सञ्जय लिम्बू र मोरङका विकास मण्डल २४ ग्राम ८५० मिलिग्रामसहित खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

    भारत सितामणका २६ वर्षीय धिरज कुमार, सिरहाको मिचैर्याका धिरजकुमार साह, सिरहाकै २५ वर्षीइ सुरेश तामाङ र रामेछापका २५ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार