Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ४ करोड भन्दा बढीको कोकिनसहित ठमेलबाट दुई ब्राजिलियन नागरिक पक्राउ

    ४ करोड भन्दा बढीको कोकिनसहित ठमेलबाट दुई ब्राजिलियन नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 474
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट दुई जना ब्राजिलिन नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई ब्राजिलियन नागरिक ल्यारिसन ब्रिटो डोस सान्तोस र फर्नान्डा डोस सान्तोस छन् ।



    ब्यूरोले उनीहरुको साथबाट लागूऔषध कोकिन १ केजी ४५५ ग्राम बरामद गरेको छ । कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहको सदस्य रहेका उनीहरुको साथबाट कोकिनका क्याप्सुलहरू पनि बरामद गरिएको ब्यूरोले जनाएको छ ।



    बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार हुन आउने ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्‍वर कार्कीले बताए ।

    ब्यूरोको टोलीले यही चैत १३ मा काठमाडौं–१७ ठमेल जेपी मार्गस्थित एक होटेलमा शंकास्पद रुपमा बसिरहेका ल्यारिसनको सुटकेशभित्र लुकाई छिपाई राखिएका ७७ वटा प्लास्टिकले ¥यापिङ गरिएका कोकिनका क्याप्सुलहरु ८४० ग्राम र फर्नान्डाको सुटकेशभित्र ६२ वटा प्लास्टिकले ¥यापिङ गरिएका कोकिनका क्याप्सुलहरु ५५० ग्राम बरामद भएको गरेको थियो ।

    दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाइछिपाई नेपाल ल्याएको ब्यरोको अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुको पेटमा थप क्याप्सुलहरु समेत हुन सक्ने देखिएपछि ब्यूरोले नेपाल प्रहरी अस्पताल पठाएको थियो ।

    त्यसक्रममा ल्यारिसनको पेटबाट थप ६ वटा प्लास्टिकले ¥यापिङ गरिएका कोकिनका क्याप्सुलहरु ६५ ग्राम बरामद गरिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार