Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सशस्त्रकै सेटिङमा धनुषामा तस्करी बढ्यो, एसपी गिरी र इन्स्पेक्टर राईलाई २४ घन्टे पुर्जी

    सशस्त्रकै सेटिङमा धनुषामा तस्करी बढ्यो, एसपी गिरी र इन्स्पेक्टर राईलाई २४ घन्टे पुर्जी

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 4.5K
    SHARES

    धनुषा । सशस्त्र प्रहरीकै सेटिङमा धनुषामा तस्करी बढेको छ । सशस्त्र मुख्यालयले अनुगमनका लागि खटाएको टोलीले बुधबार धनौजी नाकाबाट भन्सार छलीका सामानसहित तीन वटा मोटरसाइकल बरामद गरेको छ ।

    बैतुल्लाह नामक व्यापारीले भारतबाट ती मोटरसाइकलमा लत्ताकपडा र जुत्ता चप्पल तस्करी गरी ल्याएको खुलेको छ । सशस्त्र मुख्यालयबाट खटिएको टोलीले ती सामान भन्सारमा बुझाएको छ ।



    मुख्यालयबाटै खटिएको टोलीले धनौजीबाट तस्करीका सामान बरामद गरेपछि धनुषामा खैलाबैला मच्चिएको छ । सशस्त्र मुख्यालयले मधेश प्रदेश बाहिनी बर्दिबासलाई धनुषाका एसपी दर्शन गिरी र धनौजी बीओपीका इन्चार्ज अगम राईलाई शुक्रबार १० बजे हाजिर हुने गरी पठाउन पत्र पठाएको छ ।



    बिहीबार २४ घन्टे पत्र पठाएको सशस्त्र मुख्यालयले धनौजी बीओपीमा त इन्स्पेक्टर अगम राईसहित सेटै परिवर्तन गरेको बताइएको छ । सशस्त्र मुख्यालयले भारतसँग सीमा जोडिएका धनुषासहित ११ वटा तराईका गणका गणपतिलाई बोलाएर भन्सार छली तस्करी रोक्न कडा निर्देशन दिएर पठाएको थियो ।

    निर्देशन दिएर पठाएको साता नबित्दै मुख्यालयकै टोलीले धनौजीमा भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी गण नम्बर ८ धनुषाका एसपी दर्शन गिरीले तस्करहरूसँग सोझै डिल गरी लाइन दिएका छन् । गिरीले देखिने गरी घुमुवा खटाएका छैनन् । उनले सिपाही ध्रुव खड्कालाई तस्करहरूसँग सेटिङ गर्न खटाएका छन् ।

    तर खड्कालाई कागजमा भने ड्युटीमा खटिएको देखाउने गरिएको छ । दैनिक रूपमा ८ नम्बर गणको गेटमा ड्युटी खटाइएको देखाइए पनि उनी अन्यत्रै तस्करहरूसँग डिलमा व्यस्त रहने गरेका छन् । सशस्त्र मुख्यालयले घुमुवा खटाउन रोक लगाएपछि एसपी गिरीले यो तरिका अपनाएको स्रोत बताउँछ ।

    खड्का लामो समयदेखि धनुषाको सशस्त्रको ८ नम्बर गणमा कार्यरत छन् । एसपी गिरी यसअघि सशस्त्रको रसुवास्थित गुल्मको डीएसपी हुँदा पनि उनी सुनदेखि रक्त चन्दन तस्करीमा मुछिएका पात्र हुन् । धनौजी बीओपी प्रस्तावित महिनाथपुर गुल्म मातहत पर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार