Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तस्करीलाई रोक्न सिमानाकाका प्रमुखहरुलाई एसपी काफ्लेको निर्देशन

    तस्करीलाई रोक्न सिमानाकाका प्रमुखहरुलाई एसपी काफ्लेको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.4K
    SHARES

    सप्तरी । केहि दिनअघि मात्रै सप्तरी आएका प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेले तस्करीलाई रोक्न मातहत सिमानाकाका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

    एसपी काफ्लेले मंगलबार सिमा नाकास्थित प्रहरी इकाईका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् । सीमा भएर चोरी, तस्करी बढिरहेको गुनासो सुने लगत्तै एसपीले सबै इकाईका प्रमुखलाई बोलाएर तस्करीमा संलग्नलाई कार्वाही गर्न भनेका छन् ।



    एसपी काफ्लेले चोरी, तस्करी, अबैध मालसामान ढुवारी तथा सिमानाकामा हुने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्नका लागी आवश्यक निर्देशन दिएका हुन् ।



    काफ्लेले सिमानाका प्रहरी ईकाइका कार्यालय प्रमुखसँग अहिलेसम्मको प्रगति विवरण समेत सुनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार