Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित एक व्यक्ति पक्राउ

काठमाडौं । नक्कली नोट लिएर कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका-४ का सन्तोष चेपाङ पक्राउ परेका छन् ।

प्रहरीले चेपाङलाई एक हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली नोटसहित गएराति शंखमुलबाट नियन्त्रणमा लिएको हो।

गजुरी गाउँपालिका-४ घर भएका चेपाङ हाल शंखमुलमै बस्दै आएका थिए ।

मंगलबार शंखमुलमा रहेको खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077