Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेर भन्नेबारे मलाई जानकारी छैन : प्रकाशशरण महत

काठमाडौँ । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्री हेरफेरको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

बुधवार कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको बताए । ‘सरकारले राम्रै काम गरिरहेको कुरा आइरहेको छ', उनले भने,'फेरबदल वा हेरफेर भन्नेबारे मलाई कुनै जानकारी छैन ।’

यस्तै उनले गणतन्त्रका पक्षमा ठुलो जनमत रहेको बताउँदै कसैले पनि व्यवस्थालाई कमजोर पार्ने गरी प्रयास गर्नु दुष्प्रयास मात्रै हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077