Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको टिप्पणी - नेपालको अर्थतन्त्र दलाल पुँजीपतिको हातमा गयो

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र दुई–चार दलाल पुँजीपतिको हातमा गएको बताएका छन् ।

पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को उद्घाटनका लागि बैतडी पुगेका ओलीले यस्तो बताएका हुन् ।

उनले सरकारले नेपालका उद्योगीलाई उत्साहका साथ उद्योग तथा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन नसकेका कारण अर्थतन्त्र केही दलाल पुँजीपतिका हातमा गएको बताए । अर्थतन्त्रमा विश्व अगाडि बढीरहेको तर नेपाल पछाडि परिरहेको उनको भनाई छ । ’

एमाले अध्यक्ष ओलीले मंसिर १४ गते बिहान ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर संकल्प यात्राको उद्घाटन गर्नेछन् । ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077