Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज मंसिर १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल मंसिर १५ गते शुक्रबारको राशिफल ।

मेष

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ ।

मिथुन

आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

सिंह

ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।

तुला

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ र सद्भाव बढ्नेछ ।

धनु

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा खुसी छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

कुम्भ

आज शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात् सफलता हात पर्न सक्छ ।

बृष

जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पढाई पनि राम्रो हुनेछ ।

कर्कट

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउला ।

कन्या

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाइदा लिन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

बृश्चिक

आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक पक्ष भने राम्रो हुने देखिन्छ ।

मकर

आज सामाजिक कार्यबाट सफलताको योग छ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ र छोटो यात्रा पनि हुनेछ ।

मीन

आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप पनि खेप्नुपर्ला ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077