Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली ‘सिरप’ खाँदा पाँच जनाको मृत्यु

एजेन्सी । गुजरातमा मिसावट भएको आयुर्वेदिक सिरप पिएर पछिल्ला दुई दिनमा ५ जनाको मृत्यु भएको छ भने अन्य दुईजना अस्पताल भर्ना भएका छन् ।

खेडा जिल्लाका एक पसलले कलमेघासव–अश्वरिष्ट नामक आयुर्वेदिक सिरप करिब ५० जनालाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लाको हो।

खेडाका प्रहरी उपरीक्षक राजेश गढियाले गाउँलेको रगत परीक्षणमा उक्त सिरपमा मिथाइल अल्कोहल मिसाइएको प्रष्ट भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077