Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हाम्रो आन्दोलन तुहिएको छैन, अब गाउँ–गाउँबाट उठ्छ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरूको आन्दोलन नतुहिएको र गाउँ–गाउँबाट फेरि उठ्ने दाबी गरेका छन् ।

भक्तपुरमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै प्रसाईंले यस्तो बताएका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानका नाममा व्यवस्था परिवर्तन गर्न भन्दै हिँडेका प्रसाईंले गरिबको ऋण मिनाहा गर्ने आफूहरूको एजेन्डा सेलाएर नजाने बताए ।

प्रसाईंले भने,‘कतिपयले प्रसाईंको आन्दोलन तुहियो भने । आज भक्तपुरको यो सभा म्यासेज हो, गाउँ–गाउँबाट आन्दोलन उठ्छ, यो रोकिँदैन। मैले ५ हजार करोडको सम्पत्ति धितो राखेर ऋण लिएको हो । कलेज चलाउन नदिँदा पनि मैले ऋण तिरिरहेको छु । मेरो अभियान गरिबलाई ऋणमुक्त गराउने हो।’

प्रसाईंले मंसिर ७ गते काठमाडौंबाट शुरू भएको आन्दोलन अब गाउँगाउँबाट उठ्ने बताए। प्रसाईंले राज्यले अत्याचार गरे पनि आफूले आफ्नो ऋण मिनाहाको कुरा नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077