Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका छोरा सन्दीपसँग ३० लाख धरौटी माग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले नेकपा एमाले नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

उच्च अदालत पाटनले शुक्रबार सुनुवाई सकेर दिएको आदेशमा सन्दीपसँग ३० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीले कसुर गरेको पुष्टि हुन नसकेकाले पछि ठहर बमोजिम हुने गरी अहिले पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश गरेको छ ।

सन्दीप नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077