Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पूर्वगृहमन्त्री खाँणलाई छोड्नेबारे न्यायाधीशहरूकै राय बाझियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा राय बाझिएको छ।

पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको हो ।

पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिएका थिए ।

तर अर्का न्यायाधीश जनकराज पाण्डेले भने धरौटीमा छाड्नु पर्ने राय दिएका थिए । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए ।

तर अर्का न्यायाधशि खरेलले अहिलेले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् ।

संयुक्त इजलासमा राय बाझिएपछि अब अर्को इजलासमा छिनोफानो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077