Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : यी हुन् धरौटी माग गरिएका प्रतिवादीहरु(आदेशसहित)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले उनीहरुलाई ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

जिल्लाको फैसला उल्टाउँदै पुर्पक्षमा थुनामा रहेका मध्ये ६ जनालाई धरौटी लिएर छाड्न आदेश दिएको छ।

धरौटीमा छाड्न आदेश दिइएकाहरुमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए नरेन्द्र केसी, हरिभक्त महर्ज,मुस्लिम आयोगका अध्यक्ष शमशेर मिया, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र रामशरण केसी रहेका छन् ।

रिजालसँग १५ लाख धरौटी लिएर छाड्न उच्चले आदेश दिएको छ। केसीको हकमा भने १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

त्यसैगरी महर्जनलाई १५ लाख धरौटी, मुस्लिम आयोगका अध्यक्ष मियालाई १० लाख, टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटी र रामशरणलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

त्यसैगरी यसअघि धरौटीमा रिहा भएकी नेपाल प्रहरीकी सई लक्ष्मी महर्जनलाई भने यसअघिको ५ लाख धरौटी फिर्ता गरेर साधारण तारेखमा राख्न आदेश दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077