Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काभ्रे । काभ्रेमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान ६ः१० बजे भकुन्डेबेसीबाट काठमाडौं आउँदै गरेको प्र १-०१-००१ च ८५९२ नम्बरको योद्धा गाडीको ठक्करबाट धुलिखेल नगरपालिका-११ पात्लेखोलाकी ५० वर्षीया यमुना प्रसाद ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पात्लेखोलास्थित सडकमा हिँडिरहेकी उनलाई गाडीले ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट गम्भीर घाइते अवस्थामा ढकाललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याउँदा बिहान ६ः५५ बजे डाक्टरले मृत घोषणा गरेको हो ।

गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077