Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

नवलपरासी । पूर्वी नवलपरासीमा लुकाएर राखिएको ५४ बोरा चिनी बरामद भएको छ।

बर्दघाट नगरपालिका-१५ नौडिहवास्थित धर्म न्यौपानको कोही नबस्ने घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ५० किलोका ५४ बोरा चिनी बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले झन्डै २७ क्वीन्टल चिनी भारतबाट भन्सार छलेर ल्याइ लुकाएर राखिएको अवस्थामा बरामद भएको जनाएको छ ।

बरामद चिनी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077