Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा

    हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 516
    SHARES

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्रसङ्घको कोप–२८ सम्मेलनमा सो घोषणा गरेकी हुन् ।

    ह्यारिसले दुबईमा आयोजित जलवायु शिखर सम्मेलनमा भनिन्, ‘आज, हामी काममार्फत विश्वले यस सङ्कटको सामना कसरी गर्न सक्छ र गर्नुपर्छ भनेर प्रदर्शन गरिरहेका छौँ ।’



    अमेरिकी कङ्ग्रेसले अनुमोदन गर्नुपर्ने नयाँ रकम सन् २०१० मा स्थापना भएको हरित जलवायु कोष (जीसीएफ) मा जानेछ ।



    सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा विकासशील मुलुकका लागि त्यस कोषमा अमेरिकाले अन्तिम पटक तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार