Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाङटाङ पुगेर फर्केका एक नेपाली पथप्रदर्शक होटलमा मृत भेटिए

काठमाडौं । लाङटाङ पदमार्गमा एक नेपाली पथ प्रदर्शकको मृत्यु छ । मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका-९ का ५० वर्षीय कुमार पाण्डे छन् ।

उनी शनिबार बिहान ११ बजे गोसाइकुण्ड गाउँपालिका-४ स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पाण्डे स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७०/७५ वर्षीया वृद्ध महिलालाई लाङटाङ उपत्यका घुमाएर शुक्रबार राति उक्त होटलमा बास बसेका थिए।

लाङटाङ उपत्यका पुगेर फर्किँदा पाण्डे सामान्य बिरामी परेका थिए । भोलिपल्ट सुतेको स्थानमा मृत भेटिएका प्रहरीले जनाएको छ । मृतक पाण्डेको शव पोष्टमर्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077