Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख पुरस्कार दिन्छौं : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख पुरस्कार दिने बताएका छन् ।

नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको छलफलमा पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताए।

पर्यटनमन्त्री किरातीले भने,‘भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्नेगरी हामी लागिरहेका छौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरूप प्रत्येक उडानमा ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं ।'

पर्यटनमन्त्री किरातीले नेपाल वायुसेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए। पर्यटन व्यवसायीको सकारात्मक सहयोगले सरकारलाई काम गर्न सहयोग मिल्ने पर्यटनमन्त्री किरातीले बताए।

पर्यटनमन्त्री किरातीले आफू भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै सरकारी व्यवस्थापनमा केही समस्या आइहाले पनि निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि विमान संचालन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077