Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणमा शमशेर मियाँसहित तीन जनाले बुझाए धरौटी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश भएकामध्ये तीन जनाले धरौटी बुझाएका छन् ।

धरौटी बुझाउनेमा शमशेर मियाँ, नरेन्द्र केसी र हरिभक्त महर्जन छन् । उच्चको आदेश अनुसार आइतबार उनीहरूले जिल्ला अदालत काठमाडौंमा गएर धरौटी रकम बुझाएका हुन्।

धरौटी रकम बुझाएसँगै उनीहरूलाई थुनामुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ । नरेन्द्र केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव हुन् । शमशेर मिया हज कमिटीका संयोजक हुन् ।

नरेन्द्र केसीलाई उच्च अदालतले १० लाख, हरिभक्त महर्जनलाई १५ लाख र शमशेर मियाँ सँग १० लाख धरौटी लिन आदेश गरेको थियो ।

उच्च अदालतले ८ जनालाई थुनामै राख्ने उच्च अदालतको आदेश सदर गर्दै अन्यलाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

उनीहरू जिल्लाको आदेशविरुद्ध पुनरावेदन गर्दै उच्च अदालत पुगेका थिए । थुनामा रहेका ९ जनालाई भने उच्च अदालतले छाड्न मानेन ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा न्यायधीशबीच राय बाझिएपछि फेरि सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077