Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडामा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

हेटौंडा–१६ स्थित पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालक बाराको निजगढ–१३ का २६ वर्षीय डिलम थिङ र ५६ वर्षीय जीतबहादुर थिङको मृत्यु भएको हो ।

आइतबार ट्याक्टर व्याक गर्ने क्रममा अनियन्त्रित भएर ट्याक्टर भिरबाट खस्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार दिउँसो ३ः३० बजेको समयमा पानीस्वारामा मधेश प्रदेश ०३००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भई भिरबाट ३०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077