Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा लिभरपुल दोस्रो स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी भएका छन् । चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको हो भने लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो ।

लिभरपुल ३१ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ३३ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ ।

यस्तै, गएराति नै भएका खेलमा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनहमसँग ३–३ को बराबरी खेलेको छ । सिटीको ३० अङ्क रहेको छ ।

यस्तै, बर्नमाउथ र एस्टोन भिल्लाले २–२ गोलको बराबरी खेल्दा वेष्टह्याम र क्रिस्टल प्यालेसले एक एकको बराबरी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077