Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

    धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    सल्यान । सल्यानमा धारिलो हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

    जिल्लाको सिद्धकुमाख गाउँपालिका-३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले गए राति ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।



    धारिलो हतियार प्रहारबाट सितली सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



    श्रीमतीको हत्या गर्ने वर्ष ४० का डम्मर सार्की हत्या पछि प्रहरी चौकी ढोडचौर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको र उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको छ।

    घटनास्थलबाट प्रहरीले रगत लागेको बन्चरो र दाउरा बरामद गरेको पनि छ।

    मृत सितली सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार