Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सल्यानमा बस दुर्घटना हुँदा तीन जना घाईते

    सल्यानमा बस दुर्घटना हुँदा तीन जना घाईते

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 321
    SHARES

    फाइल तस्विर

    सल्यान । सल्यानमा बस दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।

    कुमाख गाउँपालिका ३ गुर्दासेबाट श्रीनगर आउँदै गरेको ना ६ ख ५३१३ नम्बरको बस गुर्दासे नजिकै सडकमै दुर्घटना हुँदा तीन जना घाईते भएका हुन् ।



    दुर्घटनामा घाईते हुनेमा गुर्दासे निसीका २५ वर्षिय हस्त राना, १८ वर्षकी यमुना सिंह र ७३ वर्षकी भूमि सिंह रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



    घाईते भएका सबैलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याईएको छ ।

    सडक साँगुरो भएकाले अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । बसमा नौ जना सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार