Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शारदा नदीको किनारमा एक जना मृत फेला

    शारदा नदीको किनारमा एक जना मृत फेला

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 387
    SHARES

    फाइल तस्विर

    सल्यान । सल्यानको शारदा नदीको किनारमा एक वृद्ध मृत अबस्थामा फेला परेका छन् ।

    जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगरस्थित शारदा नदीको किनारमा तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरका दलबहादुर खत्री मृत अवस्थामा फेला परेका हुन्।



    मृतक खत्रीको टाउको शारदा नदीमा डुबेको र शरीरका भागहरु नदिको किनारमा रहेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



    मृत अवस्थामा भेटिएका खत्रीको शरीरका कुनै पनि भागमा चोटपटकको डाम छैन। खत्रीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार