Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

शिक्षकले घरमै गएर कुटे ९ वर्षीया बालिका

नवलपरासी । पश्चिम नवलपरासीको एक निजी विद्यालयका शिक्षकले एक छात्रालाई निर्घात कुटपिट गरेका छन्।

सरावल गाउँपालिका वडा नम्बर ७ स्थित बर्दघाट कालिका इंग्लिस स्कूलमा अध्ययनरत ९ वर्षीया बालिकालाई शिक्षक निरञ्जन यादवले कुटपिट गरेका हुन् ।

कक्षा– १ मा अध्ययनरत कञ्चना राजभरलाई यादवले लठ्ठीले पिटेर घाइते बनाएका छन् ।

बालिकाको शरीरभरी नीलडाम बसेको छ । घटनापछि आक्रोशित भएका स्थानीयले विद्यालयमा तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077