Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साताको अन्तिम कारोबार दिन ११ अंकले बढ्यो नेप्से

    साताको अन्तिम कारोबार दिन ११ अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 504
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि नेप्सेको वृद्धिले निरन्तरता पाएको छ ।

    अघिल्लो दिन जम्मा ३ अंकले बढेको बजार बिहीबार भने ११.७३ अंकले बढेको हो। अघिल्लो दिन १ अर्ब १४ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ।



    नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको उच्च कारोबारले समग्र कारोबार रकम बढ्न गएको हो। कुल १७५ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ८ को स्थिर रह्यो ।



    केही दिनअघिसम्म जीवन बीमा समूहमा देखिएको लगानीकर्ताको आकर्षण बिहीबार भने निर्जीवन बीमामा सरेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.१ प्रतिशत बढ्यो ।

    जलविद्युत् समूह १ प्रतिशत बढ्यो । बैंकिङ ६.९, विकास बैंक २०, फाइनान्स ११, होटल तथा पर्यटन ३२, जलविद्युत् २०, जीवन बीमा ८, उत्पादन ३१, माइक्रोफाइनान्स २, निर्जीवन बीमा २०९ र अन्य समूह १ अंक बढे ।

    व्यापार समूह भने १३ अंक घटेको छ । त्रिशूली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । केही दिनअघि प्राथमिक सेयर दोस्रो बजारमा सूचीकृत भएको यो कम्पनीको आजको कारोबार पहिलो हो । कम्पनीको मूल्य प्रतिकित्ता २९४ रुपैयाँ ८० पैसा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार