Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

नवलपरासी । विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकविरुद्ध पश्चिम नवलपरासी प्रहरीले मुद्दा दायर गरेको छ ।

प्रहरीले सरावल गाउँपालिका ७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवविरुद्ध मुद्दा दायर गरेको हो ।

यादवलाई पक्राउ गरेर बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार बालबालिका सम्बन्धी कसुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार विद्यार्थीलाई निलडाम बस्ने गरी निर्घात कुटपिट गरेर फरार रहेका शिक्षकलाई पक्राउ गरेर मुद्दा दायर गरिएको छ।

अभिभावकको जाहेरीको आधारमा शिक्षक यादवलाई प्रहरीले बालबालिकासम्बन्धि कसुरमा मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको हो ।

कक्षा एकमा अध्ययनरत ९ वर्षिय कञ्चना राजभरलाई यादवले बालिकाकालाई विद्यालय नआएको भन्दै घर र विद्यालयमा निर्घात कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077