Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना

काठमाडौं । कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेलाई काठमाडौं महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

काठमाडौं महानगर प्रहरीले कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँड्दै गरेका सन्देश आले मगरलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

कर्मचारीको आवश्यकता भन्दै सडक पोलहरूमा पर्चा टाँस्ने, सडकमा हिँड्ने मान्छेहरू वितरण गर्ने जस्ता कार्य गरेको पाइएपछि महानगर प्रहरीले जरिवाना गरेको छ।

पर्चा बाँड्ने र मान्छे ठग्ने साथै सडकमा पर्चा फाली फोहोर गरेको भन्दै महानगरले जरिवाना तिराएको हो ।

काठमाडौँ महानगरले आफ्नो कार्य क्षेत्रभित्र पर्चा पम्पटेल टाँस्ने, बाँड्ने लगायतका कार्यमा रोक लगाएको छ । कानुन विपरीतको कार्य गरेको पाइएपछि जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077