Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसीसी-१९ वर्षमुनिको एसिया कप आजदेखि, नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । यूएईमा आजदेखि १९ वर्ष मुनिको एसिया कप क्रिकेट सुरु हुँदैछ ।

नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ।

आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन्।

समूह बी मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्। प्रतियोगिता पुस १ गते सम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077