Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ट्रमा सेन्टरको अनियमितताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा अनियमितता र भ्रष्टाचारले सिमा नाघेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमातहत सञ्चालनमा रहेको भए पनि ट्रमा सेन्टर पछिल्ला दिनमा मेडिकल माफिया र निजि अस्पताल सञ्चालकको कब्जामा रहेको भन्दै उजुरी परको हो ।

अख्तियारमा परेको उजुरीमा भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्नुपर्ने स्थानमा बसेर पनि ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले उल्टै प्रश्रय दिंदा अस्पतालको सेवा नै खस्किएको बताइएको छ ।

निजी अस्पतालका सञ्चालक समेत रहेका डा. रिजालले इमरर्जेन्सीमा आउने बिरामीहरुलाई विभिन्न झमेलाहरु देखाउने र बेड नभएको बहानानामा आफ्नो निजी अस्पतालमा जान बाध्य बनाउने गरेको उजुरीमा उल्लेख छ ।

भनसुन र संयोगबश बेड पाएका बिरामीहरुलाई लामो समयसम्म अपरेसन नगरि राखिने गरेको र अपरेसन गर्नु परे पनि अपरेसनका लागि आवश्यक पर्ने सामाग्रीहरु आप्mनै सम्पर्कका व्यापारीमार्फत बिरामीहरुलाई बेडमै किन्न बाध्य बनाइने गरेको भुक्तभोगीहरु बताउँछन् ।

वेडमा भर्ना गरेका र ओपिडिमा उपचार र अपरेसन गर्न आउने विरामिलाई अहिले वेड खालि छैन पालो ४/५ महिना लाग्ने बताउँदै तुरुन्त उपचार गर्नुपर्ने कतिपय बिरामीहरुलाई महंगो शुल्कमा अपरेशन चार्ज र आफूलाई कमिशन आउने पसलमा गएर अपरेशनका सामाग्रीहरु किन्न लगाइने गरेको समाचार यसअघि पनि विभिन्न सञ्चारमाध्यमहरुमा आएका थिए ।

वीर अस्पताल र ट्रमा सेन्टरकै कर्मचारीहरुले डा. रिजालविरुद्ध प्रतिष्ठानका उपकुलपति ,रजिस्ट्रार ,प्रधानमन्त्री कार्यलय ,मुख्य सचिव,, संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, खरिद कार्यालय, स्वास्थ्य मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, स्वास्थ्य सचिव लगायतमा उजुरीी दिएका छन् ।

अख्तियारमा दर्ता भएको उजुरीमा डा. रिजालले कर्मचारी नियुक्तिदेखि अस्पतालले खरिद गर्ने विभिन्न सामाग्रीहरु खरिदका लागि सेटिङमा टेण्डर निकाल्ने र उनका अनियमितताविरुद्ध आवाज उठाउने कर्मचारीहरुलाई सरुवा गर्ने वा भौतिक आक्रमण गर्नेसम्मको धम्की दिने गरेको उल्लेख छ ।

अख्तियारमा परेको उजुरी र ट्रमा सेन्नटरका कर्मचारीहरुले नै लगाएको आरोपका बारेमा प्रतिकृयाका लागि डा. रिजाललाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077