Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

    बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 900
    SHARES

    फाइल तस्विर

    रौतहट। रौतहटमा बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।



    जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ।



    खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो ।

    स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार