Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रौतहट कारागारको शौचालयभित्र एक कैदी मृत भेटिए

    रौतहट कारागारको शौचालयभित्र एक कैदी मृत भेटिए

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 2.5K
    SHARES

    गौर । जिल्ला कारागार रौतहटमा एक कैदी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

    कारागारका स्रोतका अनुसार देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।



    उनको शव शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेको कारागार स्रोतको भनाइ छ।



    साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

    उनी २०७६ वैशाख ४ गते कारागार चलान भएका थिए । यस बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार