Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • झुम्का कारागारभित्र कैदीको शंकास्पद मृत्यु, हत्याको आरोप

    झुम्का कारागारभित्र कैदीको शंकास्पद मृत्यु, हत्याको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 729
    SHARES

    सुनसरी । सुनसरीको झुम्का कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ ।

    कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका खोटाङको साकेला गाउँपालिकाका ४२ वर्षीय न्यायधिश राईको शनिबार बिहान ३ बजे कारागारमा मृत्यु भएको हो ।



    पत्नी हत्याको आरोपमा कर्तव्य मुद्दामा कैद भुक्तान गरिरहेका उनी इटहरी उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएका थिए । राईका आफन्तहरूले कारागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएका छन् ।



    मृतक राईका दाई सुभाषले भाइको शरीरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले उनको हत्या गरिएको आरोप लगाए । तर यता झुम्का कारागारका प्रमुख धुब्रराज कोइरालाले जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दाबी गरे ।

    पीडित पक्ष न्याय र क्षतिपूर्ति नदिएसम्म शवको पोस्टमार्टम गर्न नदिने र शव नबुझ्ने अडानमा छन् । घटनाबारे छानबिन सुरु गरेको सुनसरी प्रहरीले जनाएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार