Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल

    निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 465
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लामो राजनीतिक संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।

    पार्टीको निर्वाचन आयोगद्वारा शनिबार आयोजित विद्युतीय मतदानसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले अद्यावधिक निर्वाचनमार्फत जनप्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने अहिलेको व्यवस्था राजनीतिक रूपमा उन्नत प्रणाली भएको बताए ।



    समाजमा वर्गसंघर्षको उदय भएपछि लोकतन्त्रको उदय भएको बताउँदै उनले भने, “हामी अहिले गणतन्त्रमा छौँ । लोकतन्त्र क्रमिक रूपमा विकास हुँदै जान्छ । लोकतन्त्र वर्गीय विभेदको अन्त्य गर्ने शासन हो ।”



    विश्वमा विकास भइरहेका सूचना प्रविधिलाई प्रयोग गरी जीवनशैलीलाई सहज बनाउन सकिने उनले बताए । नेता खनालले प्रविधिलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । समाज रूपान्तरणका निम्ति आर्थिक र सामाजिक संरचनामा प्रविधिले प्रभाव पारेको उनको भनाइ थियो ।

    इतिहासकारले इतिहास बिगारेका बताउँदै उनले भने, “दासयुगमा आइसकेपछि केही गणराज्यको इतिहास देखिन्छ । नेपालको इतिहासलाई हेर्दा शाक्य र कोलियो गणराज्यमा निर्वाचन हुन्थ्यो । त्यहाँ गणतन्त्र थियो । हाम्रो इतिहास नै गणतन्त्रको इतिहास हो ।”

    सम्मानित नेता खनालले सामान्तवादी युगमा केही राजाहरू आएको भन्दै तत्कालीन समयमा निरंकुश वंशले शासन गरेका कारण त्यो समयमा लोकतन्त्र विकास हुन नसकेको बताए ।

    नेता खनालले अहिले प्रविधिको विकास तीव्र रूपमा विकास भइरहेको बताउँदै निर्वाचन पद्धतिलाई पनि वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार