Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालक पक्राउ

    झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 1.6K
    SHARES

    धनगढी । प्रहरीले धनगढीबाट झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका ३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।



    खातीले चलाएको सुपप्र०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार