Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू-१९ एसिया कप : टस हारेर भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

भारतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र जिवित छ।

अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तानसँग भने ८ विकेटले पराजित भएको थियो। नेपालले भने पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो हार व्यहोरेको थियो।

यस्तै समूह ए को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान भिड्दै छन् । सो खेल पनि बिहान सवा ११ बजे नै सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077