Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

केपी ओलीको टोली ओखलढुंगाको घुर्मीतर्फ अघि बढ्यो, सुरक्षा व्यवस्था कडा

विराटनगर । नेकपा एमालेको संकल्पयात्रामा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको घुर्मीका लागि अगाडि बढेको छ । एमाले कोशी प्रदेशका अनुसार ढिलोमा आज मध्याह्न १२ बजे ओलीसहितको टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्न लागेको हो ।

प्रदेश कमिटीका पदाधिकारी र अरू सहभागीले बहादुरेखोलामा अध्यक्ष ओलीलाई स्वागत गर्ने एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म जागरण अभियान सञ्चालन गरेको छ ।

एमालेका स्थायी कमिटी सदस्य एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले अध्यक्ष ओलीलाई स्वागत गर्न झाँकीसहितको तयारी रहेको बताए ।

पहिचानवादीको विरोधसँगै घुर्मी क्षेत्रमा एकीकृत सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका दुई हजार ४०० र जनपदका दुई हजार ८०० नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077