Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरको झम्सीखेलमा चल्यो गोली, लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

एक जना लागूऔषध कारोबरी पक्राउ परेका छन् । उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको प्रहरी स्रोतले बतायो।

प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको थियो ।

गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । उनको विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077