काठमाडौं । अवकाशको मुखमा रहेका सचिव कृष्णहरी पुष्कर कर्णलाई प्रहरीले पक्राउ गरी केही घन्टा राखेर छाडेको छ।
बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कपनस्थित घरबाटै पक्राउ गरेको हो ।
उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव पुष्करले प्रधानमन्त्री बालेन शाहलाई भेट्न प्रयास गरेका थिए। भेट्न नसकेपछि आफुलाई मुख्यसचिव बनाउन भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको एसएमएस पठाए ।
त्यसपछि प्रधानमन्त्रीको सचिवालयकै निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी शुक्रबार नै छुटिसकेको स्रोत बताउँछ।
पुष्कर आगामी असारमा अवकाश पाउँदैछन्। हालका मुख्यसचिव सुमनराज अर्याल पनि असारमा अवकाशमा जाँदैछन्। अर्यालभन्दा कर्ण एक सातापछि अवकाशमा जानेछन्।
मुख्यसचिवलाई राजीनामा दिन लगाए मात्र उनी मुख्यसचिव हुने सम्भावना छ। तर, अहिलेको सत्तासँग उनको निकटता छैन । जसकारण विक्षिप्त भएर उनले त्यसरी एसएमएस पठाएको हुनसक्ने आँकलन गरिएको छ।