Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईपीजीका संयोजक थापाले बुझाए प्रतिवेदन राखेको दराजको साँचो, परराष्ट्रमन्त्रीले देखाए चासो

ईपीजीका संयोजक थापाले बुझाए प्रतिवेदन राखेको दराजको साँचो, परराष्ट्रमन्त्रीले देखाए चासो

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)ले तयार पारेको बहुचर्चित प्रतिवेदन राखिएको दराजको चाबी परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिएको छ । यससँगै लामो समयदेखि अड्किएको प्रतिवेदनबारे नयाँ राजनीतिक चासो देखिएको छ ।

ईपीजीका सदस्यहरूले आज परराष्ट्र मन्त्रालयमा आयोजित भेटघाटका क्रममा प्रतिवेदन राखिएको दराजको साँचो मन्त्री खनाललाई बुझाएका हुन्। नेपालको तर्फबाट ईपीजी टोलीको नेतृत्व गरेका पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले चाबी हस्तान्तरण गरेका थिए।

भेटमा मन्त्री खनालले प्रतिवेदन अध्ययन गर्ने इच्छा व्यक्त गरेपछि चाबी हस्तान्तरण गरिएको ईपीजी सदस्य थापाले जानकारी दिए। उनका अनुसार यसअघि अन्य परराष्ट्रमन्त्रीहरूले प्रतिवेदनप्रति विशेष चासो नदेखाएको अवस्था थियो।

ईपीजीले तयार पारेको प्रतिवेदन परराष्ट्र मन्त्रालयमै सुरक्षित दराजमा राखिएको थियो, जसको चाबी हालसम्म समूहकै सदस्यहरूको जिम्मामा रहेको थियो।

सदस्य थापाले भने, “परराष्ट्रमन्त्रीले अध्ययन गर्ने चासो देखाउनुभयो, त्यसैले आज चाबी हस्तान्तरण गरिएको हो। अब उहाँले के गर्नुहुन्छ भन्ने विषय उहाँकै निर्णय हो।”
ईपीजी प्रतिवेदन २०७२ सालमा नेपाल–भारतका प्रधानमन्त्रीबीचको सहमतिपछि गठन गरिएको प्रबुद्ध समूहले तयार पारेको थियो। विभिन्न ९ वटा बैठकपछि २०७५ सालमा प्रतिवेदन तयार भए पनि भारतले अहिलेसम्म औपचारिक रूपमा स्वीकार नगरेपछि यो प्रतिवेदन सार्वजनिक वा कार्यान्वयनमा आउन सकेको छैन।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न अस्वीकार गरेको बताइन्छ भने नेपालका तर्फबाट पनि उच्च तहमा औपचारिक रूपमा ग्रहण नगरिएको अवस्था रहँदै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077