Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

    नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्।

    लिखत सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहदरबार क्षेत्रबाट पक्राउ गरेको हो ।



    उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतको कागजात किर्ते गरेको उजुरी परेको थियो ।



    गहतराजले महान् अभियान नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात किर्ते गरेको आरोप छ ।

    गहतराजले पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा ब्याचलर पास भएको भनी कागजात बनाएका थिए ।

    उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार