Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको गोली लागेर घाइते राईबाट पेस्तोल, गोली र ‘आइसड्रग’ बरामद

​काठमाडौं । ललितपुरको झम्सीखेलमा प्रहरीको गोली लागेर घाइते भएका अविनास राईको साथबाट पेस्तोल र लागुऔषध बरामद गरिएको छ । मंगलबार दिउँसो ललितपुरको झम्सीखेलमा प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा उदयपुरको लेखानी गाउँपालिका–९ घर भएका ४० वर्षीय अविनाश राई रहेका छन् । उनको साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, लागुऔषध एम्फेटामिन – एटीएस जस्तो देखिने पदार्थ ४ सय ८५ ग्राम, ६० हजार नेपाली रुपैयाँ र ११ हजार भारतीय रुपैयाँ बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उदयपुर घर भएका राई आइसड्रगका मुख्य कारोबारी भएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नियन्त्रणमा लिने क्रममा राईले प्रहरीलाई नै फायर गर्न लागेपछि प्रहरीको जवाफी कारबाहीमा उनी घाइते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं उपचार भइरहेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077