Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

किर्ते कागजात बनाएर विदेश पठाउने कार्यमा संलग्न अध्यागमनका अधिकृतसहित ३२ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अधिकृत, प्रहरी कर्मचारी, नेपाल एयरलाइन्सका कर्मचारी र ट्राभल एजेन्सी सञ्चालकहरु छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो। गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् ।

पक्राउ परेकामध्ये ९ जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेको छ भने १२ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये ८ जना भने धरौटीमा छुटिसकेका छन्।

अपराध अनुसन्धान कार्यालयले बुधबार मात्रै थप ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल छन्।

पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् ।

त्यस्तै, एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेका छन्।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार ट्राभल्स एजेन्सीहरुले कागजात मिलाउने काम गर्ने गरेका थिए। कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपियाँ लिने गरेका थिए।

अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका)हरुको हकमा भने ४० हजार रुपियाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077