Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा सुर्ती बेचे पसल नै बन्द गर्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सुर्तीजन्य पदार्थ बेचबिखन गरे पसल बन्द गर्ने चेतावनी दिएको छ।

पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरभित्रका पसलमा अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने बताएका हुन्।

महानगरपालिकाले काठमाडौंमा बिहीबारदेखि सुर्तिजन्य पदार्थ बेच्न निषेध गरेको छ। महानगरले यसबारे केही समय अगाडि नै सूचना निकालेर यसबारे जानकारी गराएको थियो।

अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा नगर प्रहरीलाई खटाउने पनि प्रवक्ता मानन्धरले बताए। यस्‍तै महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुमपान गर्न पनि प्रतिबन्ध लगाएको छ।

सार्वजनिक स्‍थलमा धुमपान गरेको पाइएमा त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077