Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गृहमा सिडिओका लागि मारामार, पाँच जिल्ला सिडिओविहीन

    गृहमा सिडिओका लागि मारामार, पाँच जिल्ला सिडिओविहीन

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 3K
    SHARES

    काठमाडौं । समयमा सरुवाको निर्णय हुन नसक्दा सिडिओ सरुवामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । पाँच जिल्लामा सिडिओ पद रिक्त भएको तीन साता हुन लाग्दा पनि नयाँ खटाउने निर्णय हुन सकेको छैन ।

    १० मंसिरदेखि पाँच जिल्ला सिडिओविहीन छन् । झापा, सुनसरी, सिन्धुपाल्चोक, तनहुँ र प्यूठानका सिडिओको अन्यत्र जिल्लामा सरुवा भएको थियो ।



    तर, गृहले ती जिल्लामा नयाँ सिडिओ खटाउन सकेको छैन । गृहमा सिडिओ हुनका लागि ७ सहसचिव अन्यत्रबाट आएका छन् ।



    स्किम श्रेष्ठ, आनन्द काफ्ले, भरत खनाल, प्रेम प्रसाद भट्टराई, नारायण प्रसाद अर्याल र भोला दाहाल सिडिओ बन्ने आकांक्षासहित पावर लगाएर गृह मन्त्रालयमा सरुवा भए पनि उनीहरुले जिम्मेवारी पाएका छैनन् ।

    रिक्त पाँचसहित करिब एक दर्जन जिल्लामा सिडिओ सरुवाको तयारी भइरहेको छ । ठुला जिल्लामा जान तीव्र प्रतिस्पर्धा भएकाले निर्णय हुन सकेको छैन ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठ गत साता अस्वस्थ रहेकाले पनि सिडिओ सरुवामा ढिलाइ भएको गृहका एक अधिकारी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार