Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

    आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 540
    SHARES

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु लागेको छ ।



    आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



    राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

    तराईमा हुस्सु र कुहिरो र अन्य भागमा चिसोका कारण जनजीवनमा पर्नसक्ने असरबाट बच्न सतर्कता अपनाउन समेत महाशाखाले सुझाव दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार