Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वगृहमन्त्री खाँणले अदालतमा बुझाए ३० लाखको बैंक ग्यारेन्टी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् ।

पूर्वगृहमन्त्री खाँणले आज जिल्ला अदालत काठमाडौंमा पुगेर उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका छन् ।

अदालतमा उनले धरौटी रकम अनुसार ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाए पनि तत्काल उनी छुट्ने छैनन् ।

उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र छाडिने कारागार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077