Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेस्तोल र लागूऔषधसहित सुर्यविनायकबाट दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक थान पेस्तोल र अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलामको इलाम नगरपालिकाका चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका घर भई काठमाडौं बस्दै आएका लेख बहादुर कार्की रहेका छन् ।

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले भक्तपुरको सुर्यविनायककाट पक्राउ गरेको हो ।

भक्तपुरको नलिन्चोक एरियामा अवैध हतियार र लागूऔषधको कारोवार हुदै छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट केएफ ७.६५लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीनसहितको पेस्तोल थान र ५ ग्राम लाग‌ूऔषध खैरौ हेरोईन बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

दुबै जनालाई लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागी प्रहरी वृत जगाती भक्तपुर पठाईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077