Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्रीस पठाईदिन्छु भन्दै १३ लाख ठगी गर्ने तामाङ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्रीस पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-९ घर भई हाल ललितपुरको बागडोल बस्ने होम बहादुर तामाङ रहेका छन्।

पक्राउ परेको तामाङले लक्ष्मण सापकोटासहित दुई जनालाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि ग्रीस पठाई दिने भन्दै १३ लाख ८४ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङले मासिक १ लाख १५ हजार भन्दा बढी कमाई हुने भन्दै प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँ मागेका थिए ।

तामाङलेले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई आज महाराजगंजबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077